१६ भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढीपीडितका लागि लिला इन्टरनेसनल सोनालिका ट्र्याक्टर परिवारको ६ हजार १५ रुपैयाँ सहयोग

एसीपी संवाददाता

१६ भाद्र २०८३, मंगलवार २०:४१ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज । भदौ १६ गते — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि सहयोग जुटाउने अभियानमा लिला इन्टरनेसनल सोनालिका ट्र्याक्टर परिवार पनि जोडिएको छ।

बाढीपीडितको दुःख र पीडामा साथ दिने उद्देश्यले लिला इन्टरनेसनल सोनालिका ट्र्याक्टरका लेखापाल मिनराज ढकाल, कोहलपुर शाखा प्रमुख टेकनाथ पौडेल, डोरीलाल थारु र सुरेश यादव लगायतले संयुक्त रूपमा ६ हजार १५ रुपैयाँ सहयोग गरेका छन्।

उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। सहयोग रकम जम्मा गरिएको प्रमाणस्वरूप बैंक कारोबारको रसिदसमेत उपलब्ध गराइएको छ।

प्राकृतिक विपत्तिका बेला पीडित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले गरिएको यो योगदानले मानवीय संवेदना तथा सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

भोटेकोशी बाढीका कारण घरबार, सम्पत्ति तथा जीविकोपार्जनमा क्षति पुगेका परिवारलाई तत्काल राहतको आवश्यकता रहेको अवस्थामा विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाबाट भइरहेको सहयोगले पीडित परिवारमा आशा र हौसला थपिएको छ।

“विपत्तिमा परेको बेला सानो सहयोग पनि पीडितका लागि ठूलो सहारा बन्न सक्छ” भन्ने भावनाका साथ लिला इन्टरनेसनल सोनालिका ट्र्याक्टर परिवारले गरेको यो सहयोगले सामाजिक एकता र मानवीय सहयोगको भावना अझ मजबुत बनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x