१६ भाद्र २०८३, मंगलवार

भोटेकोसी बाढीपीडितका लागि लाइफ लाइन हस्पिटलको मानवीय सहयोग

एसीपी संवाददाता

१६ भाद्र २०८३, मंगलवार १२:३९ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज ,भदौ १६ गते । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालगन्जस्थित लाइफ लाइन हस्पिटल प्रा.लि. ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेको छ।

हस्पिटलका डा. पारस श्रेष्ठ र डा. प्रतीक श्रेष्ठको पहलमा उक्त रकम सहयोग गरिएको हो। विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको हस्पिटलले जनाएको छ।

भोटेकोसी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याइरहेको अवस्थामा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै लाइफ लाइन हस्पिटलले आफ्नो तर्फबाट सहयोग गरेको हो।

“विपद्मा परेका नागरिकको दुःखमा साथ दिनु नै मानवताको सच्चा परिचय हो” भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।

लाइफ लाइन हस्पिटलको यो सहयोगलाई विपद्को समयमा स्वास्थ्य क्षेत्रबाट गरिएको मानवीय तथा सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्यका रूपमा लिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x