१७ भाद्र २०८३, बुधबार

भोटेकोसी बाढीपीडितका लागि लिला इन्टरनेसनल नेपालगञ्जको मानवीय सहयोग

एसीपी संवाददाता

१७ भाद्र २०८३, बुधबार २२:२४ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, भदौ १७ गते — भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपालगञ्जस्थित लिला इन्टरनेसनल सोनालिका ट्र्याक्टर सोरुमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ५१ हजार १०१ सहयोग गरेको छ।

लिला इन्टरनेसनल नेपालगञ्ज, बाँकेका प्रबन्ध निर्देशक, समाजसेवी तथा प्रतिष्ठित व्यवसायी सरोज श्रेष्ठले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्नुभएको हो।

प्राकृतिक विपत्तिको समयमा पीडित परिवारको साथमा उभिँदै मानवीय सेवाप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको प्रबन्ध निर्देशक सबिन घिमिरेले बताउनुभयो।

भोटेकोसी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, व्यवसायी, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले सहयोग गर्दै आएका छन्। यसैक्रममा लिला इन्टरनेसनलको सहयोगले विपद्मा परेका परिवारको राहतमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

“साथ दिऔँ, हात बढाऔँ, मन जितौँ” भन्ने मानवीय भावनासहित गरिएको सहयोगले विपत्तिको समयमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x