८ कार्तिक २०८३, शनिबार

पोखरा बिमानस्थलमा भएको लगानी र भ्रष्टाचार बारे सार्वजनिक बहस कार्यक्रम हुँदै

सिमा केसी

५ फाल्गुन २०८०, शनिबार १३:५३ मा प्रकाशित<

काठमाडौं फागुन ५ गते ।  नेपालमा थपिएका दुई  अन्तर्राष्ट्रिय विमान स्थल मध्ये चिनियाँ ऋणमा तयार भएको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बारे निकै चर्चा शुरु भएको छ । राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा फागुन ६ गते आईतवार दिउँसो २ बजे बृहत अन्तर्क्रीया गर्ने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा भ्रष्टाचार भएको हो कि हैन ?  यस बारेमा नेपाल सरकारको अवधारणा माङ गर्ने ? जनताको प्रत्येक्ष सुझाव संकलन गर्ने छ । आयोजना गर्ने लागेको कार्यक्रम पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल केन्द्रित रहेकोे आयोजक बताएको छ । पोखरा विमान स्थलमा नेपाल सरकारको गोप्य सयन्त्रले अनुसन्धान शुरु गरेको समाचार सार्वजनिक भएको थियोे ।

विमान स्थलमा प्रयोग भएको र धावन मार्गको लागि सामग्रीमा व्यापक अनियमिताका खराब समाग्रीको प्रयोग भएको बारे बहस शुरु भएको छ । अभियानले गर्न लागेको कार्यक्रममा नेपाल सरकार सङ चिनियाँ परियोजना बिआरआई ( BRI ) प्रोजेक्ट जुन कि चीनको दबाव जसरी पनि लागू हुनु पर्ने दबाव बनाईरहेको बेला ६ गतेको कार्यक्रममा यस परियोजनालाई अनुदानका रूपमा परिमार्जन गर्न दबाव दिईने छ । अहिलेको अवस्थामा नेपालले चीनको दुबै बिमान स्थलको ब्याज बुझाउन धौ धौ हुने स्थिति आएको छ र अर्को ऋण बिआरआईको नाममा बोकाउने भनेर चिनियाँ नेता मन्त्रीहरुको लगातार नेपाल भ्रमण चली हुन्छ । 

चिनियाँ बिदेश बिभागका प्रतिनिधिले केहि दिन अघि मात्र विभिन्न राजनीतिक दलका नेताहरु लाई बोलाएर अन्तर्क्रीयाको नाममा दबाव दिएको हो उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोईराला , नेकपा एमालेका शंकर पोख्रेल , जनमोर्चा का चित्र बहादुर केसी लगाएत सहभागी रहेका हुन ।

 यो बिआरआई के हो कसरी लागू हुन्छ  ?

यसका सम्झौताका बुदा के के हुन  ?

नेपाली जनताले थाहा पाउन जरुरी  छ  ? 

नेपाली जनता को भबिस्य बिदेशीलाई दिन पाउदैन ? 

यी सबै प्रश्नका बारेमा बहस राष्ट्रिय एकता अभियानले पोखराको पृथ्वीचोक्मा सार्वजनिक बहस कार्यक्रमको गर्न  लागेको विभिन्न प्रश्न उठान हुने आयोजनले जनाएको छ । नेपाल सरकारले यस सम्झौता र अब उपरान्त गरिने सम्झौताको  पत्रकार सम्मेलन गरि जानकारी दिने सम्झौताका बुदामा लुकाउन नहुने यो बिसयमा बहस मुखय केन्द्रित हुने जस्तो अनुमान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x