३१ जेष्ठ २०८१, बिहीबार

मध्यविन्दु ७ अम्रसामा न्यौपाने दाजुबहिनीद्धारा राहत वितरण

एसीपी संवाददाता

२७ बैशाख २०७७, शनिबार १३:०७ मा प्रकाशित

बसन्ती कंडेल मध्यविन्दु नगरपालिका वडानम्बर ७ अम्रसाका आज ३० घर अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय समाजसेवी धुव्र न्यौपाने र उहाकी बहिनी सिता न्यौपानेको आर्थिक सहयोग वडाध्यक्ष अमृत ज्ञवालीको रोहबहरमा अम्रसाका ३० घर अतिविपन्न परिवारलाई राहत वितरण गरेका हुन।न्यौपाने दाजुबहिनीहरुले राहत स्वरुप प्रत्येक परिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन, र २ वटा साबुन प्रदान गरेका छन । लामो समयको लकडाउनका कारण ज्यालामजदुरी गरीखाने परिवारमा परेको प्रभावलाई मध्यनजर गर्दै ती परिवारहरुलाई राहत वितरण गर्नु सरकार मात्र जिम्मेवारी नभई सबैले आआफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक रहने समाजसेवी धुव्र न्यौपानेले बताए । साथै अबका दिनमा विपन्न परिवारका रोजीराटीको लागि रोजगारीको सृजनामा पनि सरकारले पहल गर्नुपर्ने समाजसेवी सिता न्यौपानेले बताउनुभयो ।सो अवसरमा वडानम्बर ७ का वडासदस्य कमल महतोले लकडाउनका कारण मारमा परेका परिवारलाई यसरी व्यक्ति गत रुपमा राहत उपलब्ध गराई सहयोग गरेकोमा न्यौपाने परिवारका दाजुबहिनीलाई धन्यावाद व्यक्त गर्नुभयो । राहत वितरण गर्नुहुने सीता न्यौपाने न्युज २४ का पत्रकार हुन भने दाजु वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x