भारतको पश्चिम् बङालमा बनेको भाजपा सरकारले अवैध घुसपैठ रोक्न एक्सन शुरु गरेको छ
रिसभ सिंह वाडिया – पश्चिम् बङालमा परिवर्तन हुने बित्तीकै नयाँ सरकार बनाउने भारतीय जनता पार्टीले अवैध बसेका बङलादेशी नागरिक , रोहिङ्या मुस्लिम माथी कडा एक्सन शुरु गरेको छ ।
अहिलेसम्म लगभग लाखौंको संख्यामा अवैध बाङ्लादेशका नागरिकहरुलाई निश्कासन गरिएको श्रोतले दावी गरेको छ । यो सङै बङाल सरकारले म्यानमार बाट भारतमा घुसपैठ गर्ने मुस्लिम , बङलादेश बाट घुसपैठ गरेका बग्लादेशी मुस्लिम निष्कासन बारे कडा एक्सनले उनीहरु पलायन शुरु गरेका छ्न ।
भारत सरकारले यो कदमको स्वागत गरेको छ । भारत सरकारले पश्चिम् बङालका शुबेन्दु अधिकारीको मुख्यमन्त्रीका रूपमा गरिएको कडा एक्सनको प्रसंशा गरेको छ । भारतमा अवैध रूपमा बस्ने जुनसुकै देशको नागरिक निस्कासन गर्ने कडा नीति ल्याएको हो ।
उल्लेखनीय कुरा के छ भने अब पाकिस्तानलाई पनि गर्हो परिस्थिति हुनेछ । पाकिस्तानले आतंककारीलाई बाङ्लादेशको बाटो हुँदै भारतमा अवैध घुसपैठ गराउने योजना समेत असफल हुने भएको हो । भारत र पाकिस्तान बिवाद हुँदा सिमानाका एक कडा पारेकोले पाकिस्तान आतंककारी बङलादेशको बाटो हुदै आउने गरेका थिए ।
पश्चिम् बङालमा बनेको भाजपाको शुबेन्दु अधिकारीको सरकारले सिमानाकामा अब सेनाको उपस्थितिका साथै विभिन्न स्थानमा जग्गा कब्जा गरि सैन्य अड्डा बनाउने अभियान शुरु गरेको छ ।
भारतिय सेनालाई अहिलेसम्म ममता बनर्जीले जुन जग्गा दिन नै भनेका थिए जस कारण बाङ्लादेशी नागरिक , पाकिस्तानी नागरिकलाई सहजै प्रवेश हुने मौकाका रूपमा प्रयोग हुदै आएको थियोे तर अब भारतिय सेनाको उपस्थितिले चीन , पाकिस्तान , बाङ्लादेशको लागि तनाव हुने भएको श्रोतको दावी हो ।
भारतको कडा एक्सनले अब नेपालमा समेत अवैध बाङ्लादेश र म्यानमार बाट पलायन भएका नेपाल पस्ने अनुमान गरिएको छ । नेपाल भारत सिमानाकामा अहिले नै भिड देखिन्न थालेको छ ।अब नेपाल सरकार लाई सतर्क हुन आवश्यक छ ।




