१५ जेष्ठ २०८३, शुक्रबार

लक्ष्मी चित्र मन्दिर , नेपालगन्ज : ईतिहास अनि सम्झना । 

एसीपी संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार ११:२८ मा प्रकाशित

समिरमान श्रेष्ठ , नेपालगन्ज –  तपाईंको अनुभव , सम्झना र मैले लेख्न छुट्याएको केही जानकारी छ भने कमेन्टमा लेख्नु होला ।
लक्ष्मी चित्र मन्दिर , नेपालगन्ज : ईतिहास अनि सम्झना ।

यस क्षेत्रकै पहिलो र पुरानो सिनेमा हल । सबैभन्दा पहिला ‘लक्ष्मी चलचित्र टाकिज’ को नामबाट हाल विद्युत प्राधिकरण नजिक रहेको नेशनल ट्रेडिंग लिमिटेड भएको स्थानबाट गडरियनपूर्वा जाने बाटोमा खोलिएको थियो ।

त्यसपछि हाल बालाजी मन्दिर शितलनगर नजिक रहेको महाकाली मिलमा सारियो । अनि अन्तिममा त्रिवेणी मोडमा सारियो । यतिबेला सम्म नाम परिवर्तन भएर ‘लक्ष्मी चित्र मन्दिर’ भईसकेको थियो । नाममा टाकिजबाट मन्दिर किन राखियो ; सन्दर्भ गज्जब कै छ , भनिन्छ पहिला पहिला हलमा धार्मिक फिल्महरु मात्र चल्थ्यो रे ।

महाकाली मिलमा हल हुनेबेला महिला र पुरुषको लागि बस्ने स्थान फरक फरक थियो र नेपालमा पहिलो ‘लेडिज गेटकिपर’ पनि यही हलमा थिईन् भनेर त्यतिबेला हल जाने स्थानिय जानकार बताउँछन् ।

वर्षौ अगाडी बन्द भइसकेको यो हलसँग धेरैको अवश्य पनि गाढा र अविष्मरणीय सम्झना होला । स्पेसल, बालकोनी अनि पर्दा अगाडी नै पलेटी मारेर फिल्म हेरेको , टिकटको दर आना देखि पैसा हुँदै रुपैयाँसम्म पुग्दा पनि कहिले पास माग्दै त कहिले लुकीचोरी फिल्म हेरेको । सानो प्वालबाट हात छिराएर टिकट लिएको । मेनेजर चटर्जी , अपरेटर किशोरीलाल अनि अन्य स्टाफहरुसँगको गफगाफ ।

इन्टर्भलमा केटाहरु घाँटीमा झुन्ड्याएको कोल्ड ड्रिंक्सको बोटलमा ओपनरले ठोक्काएर टनटनटन आवाज निकाल्दै कोक , खस्ती मुङ्गफली , हरियो मटर भन्दै तिखो आवाजमा सिट सिट मै आएर बेच्दै गर्ने दृश्यहरु अनि पछाडी भित्तामा कहिलेकाहीं आउने कक्रोच , फेरी खुराफातीहरुले सिट मै चप्काइदिने चुइङ्गम
माथी खस्ला कि जस्तो आवाज आउने पंखाहरु । सिट प्याक भएर बेन्च राखेर हेरिएका फिल्महरु । मिथुनको फिल्म लाग्दा हुने हाउसफुल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x