१५ जेष्ठ २०८३, शुक्रबार

वीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

एसीपी संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार १९:४९ मा प्रकाशित

वीरगन्ज, १५ जेठ ।
राष्ट्रिय एकता दल वीरगन्जको आयोजनामा ‘हिन्दू राष्ट्र र संविधान संशोधनको बहस’ विषयक विचार गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
​दलका पर्सा जिल्ला अध्यक्ष विकाऊ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान संविधानले देशको पहिचान र बहुसंख्यक जनताको भावनालाई समेट्न नसकेको भन्दै अविलम्ब संविधान संशोधन गरी नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गरिनुपर्नेमा जोड दिएका थिए।
​कार्यक्रममा आफ्नो धारणा राख्दै दलका नेताहरू अकलेश कुशवाहा, रामनाथ यादव, अवधेश साह, मनोज सिंह, देव बाबु प्रसाद कुर्मी, कृष्ण मोहन सहनी र रवीन्द्र यादव लगायतले देशको दिगो शान्ति र सांस्कृतिक पहिचान रक्षाका लागि हिन्दू राष्ट्र अपरिहार्य रहेको चर्चा गर्नुभयो।
​राष्ट्रिय एकता दलका युवा नेता विवेक कुशवाहाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x