चाइना रेल्वे कम्पनिको लापरबाहीको कारण स्थानीय व्यापारी आन्दोलित
जेठ । सिरहाको गोलबजार क्षेत्रमा हाइबे निर्माण कार्यमा लामो समयदेखि ढिलाइ भएको भन्दै स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गरेका छन्। निर्माण कम्पनीको लापरबाहीका कारण सडक धुलाम्मे, हिलाम्मे तथा जोखिमपूर्ण बनेपछि आक्रोशित स्थानीय आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा स्थानीयले केही समय सडक अवरुद्ध गर्दै निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेका थिए।
स्थानीयका अनुसार वर्षौंदेखि सडक निर्माण अधुरो रहँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी तथा व्यवसायीहरू समस्यामा परेका छन्। धुलोका कारण स्वास्थ्यमा असर परेको तथा वर्षायाममा हिलोले आवतजावत कठिन बनेको स्थानीय व्यपारी हरूको गुनासो छ।
प्रहरीको उपस्थितिमा केही समयपछि अवस्था सामान्य बनेको थियो। आन्दोलनकारीले निर्माण कार्य शीघ्र अघि नबढाइए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।




