९ मंसिर २०८३, मंगलवार

मल अभाव र कृषि संकट विरुद्ध YCL बाँकेको जिल्ला प्रशासनलाई ज्ञापनपत्र

एसीपी संवाददाता

१४ श्रावण २०८२, मंगलवार २१:५० मा प्रकाशित

नेपालगञ्ज, बाँके – १३ साउन
Young Communist League (YCL) नेपाल बाँके जिल्ला समितिले मल संकट, कालोबजारी, बिचौलियाको भूमिका, र बाली बिमा सम्बन्धी समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्रमा उल्लेख गरिएअनुसार, अहिले किसानहरू कृषि इनपुट (युरिया, डीएपी आदि मल) को चरम अभावका कारण उत्पादन गर्न असमर्थ भइरहेका छन्। बाँकेमा बिषादी, बीउ, मल आदिको आपूर्ति प्रणालीमा व्यापक विकृति र बिचौलियाको हावी रहेको आरोप लगाइएको छl

YCL बाँकेका अध्यक्ष क. हरिदेव दवाडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा, मल अभावका कारण कृषकहरूलाई महँगो मूल्यमा निजी कम्पनीका मल किन्न बाध्य बनाइएको, कृषिमा आधारित व्यवसायहरू धराशायी बनिरहेको, र सरकारको बेवास्ताले किसानहरू निराश हुँदै गएको उल्लेख गरिएको छ।

YCL बाँकेले सरकारलाई निम्न मागहरू राखेको छ:

मलको आपूर्ति सहज बनाउन तत्काल प्रभावकारी कदम चाल्न,

बिचौलियामार्फत भइरहेको कालोबजारीको छानबिन गर्न,

बाली बीमा प्रक्रिया सरल र प्रभावकारी बनाउन,

कृषि क्षेत्रमा बिचौलिया नियन्त्रण गरी किसानमुखी नीति कार्यान्वयन गर्न।

यदि सरकारले समयमै सुनुवाइ नगरे विद्रोहात्मक र आन्दोलनात्मक कार्यक्रम घोषणा गर्ने चेतावनी पनि पत्रमा दिइएको छ।

YCL बाँकेले यो ज्ञापनमार्फत सरकार र स्थानीय प्रशासनलाई किसानका समस्यामा गम्भीर चासो दिन र व्यवहारिक समाधान गर्न आह्वान गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x