३२ असार २०८३, बिहीबार

महाराजगन्जमा विद्यालयका प्रधानाध्यापकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

३० बैशाख २०८२, मंगलवार १०:१८ मा प्रकाशित

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय र स्थानीय विद्यालयका प्रधानाध्यापकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामको अध्यक्षता र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम भएको हो ।
कार्यक्रम मन्त्रालयका सचिवको समेत सहभागिता रहेको थियो । साथै महाराजगञ्ज नगरपालिकाभित्र रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, जनशक्ति अभाव र अन्य समस्या मन्त्री तिमिल्सिनासमक्ष राखेका थिए ।

मन्त्री तिमिल्सिनाले विद्यालयको अवस्था सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै विद्यालय सुधारका लागि सबै पक्षको सहकार्य आवश्यक हुने धारणा व्यक्त गर्नुभयो ।

उहाले विद्यालयको गुणस्तरीय शिक्षामा प्रदेश सरकार गम्भीर रहेको र आवश्यक सहयोग तथा समन्वय गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख अब्दुल कलामले विद्यालयको भौतिक अवस्था सुधार गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x