१० कार्तिक २०८१, शनिबार

माघ १ गते सार्वजनिक बिदा दिन माग

एसीपी संवाददाता

२९ पुष २०७६, मंगलवार ०६:५१ मा प्रकाशित

काठमाडौं, पुस २९

नेपाल मगर संघले माघे सङ्क्रान्ति माघ १ गतेमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गरेका छन् ।

माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । माघे सङ्क्रान्तिको अवसरमा दिंइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उनको भनाइ थियो ।

यसैबीच मगर सङ्घले माघे सङ्क्रान्तिको अवसरमा आगामी माघ १ र २ गते काठमाडौँको टुँडीखेलमा ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको अध्यक्षले जानकारी दिनुभयो ।
महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ भने महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक वेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने सङ्घले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x