३२ असार २०८३, बिहीबार

मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम

एसीपी संवाददाता

२९ बैशाख २०८२, सोमबार २१:१७ मा प्रकाशित

मधुबन ,२९ बैशाख २०८२
मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवाला लाइ बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम मधुबनमा सुरु भयको छ
मधुबन नगरपालिकाको आयोजना ,प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत संचालित उक्त तालिममा पालिकाका उप प्रमुख, नगर प्रबक्ता ,वडा अध्यक्ष,महिला बालबालिका शाखा प्रमुख ,कार्यपालिका सदस्य ,प्र.अ , बरिस्ठ सहायक प्रहरी निरीक्षक लगायतको सक्रिय सहभागिता रहेको थियो
मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारेमा समितिका सदस्य हरुको क्षमता विकास विकास गर्ने उदेश्यले संचालित तालिमको उद्घाटन सत्रको संचालन तालिमको उदेस्य बारे बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले गर्नु भयको थियो भने मधुबन नगरपालिकाका नगर प्रबक्ता उद्घाटन सत्रमा बोल्दै मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गयको र यसलाई नियन्त्रण गर्न चुनौती देखियकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार ,प्रहरी संघ संस्था ,स्थानीय निगरानी समूह सक्रिय भयर अभियान संचालन गर्ने कुरामा जोड दिनु भयको थियो
३ दिने तालिमको पहिलो दिनमा बाल अधिकार ,बाल संरक्षण ,बाल बालिका माथि हुने हिंशा तथा रोकथाम , मानब बेचबिखन तथा ओसारपसारको अवधारणा ,यसका कारण ,मानब तस्करी,शोषण,कानुनि प्रावधान बारेमा माइती नेपाल कार्यक्रम संयोजक अधिबक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गर्नु भयको थियो
तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरियको थियो
कार्यक्रममा बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछाने र फिल्ड सुपरभाइजर सावित्रा भाटको उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x