१ श्रावण २०८३, शुक्रबार

मानव तस्करीमा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

एसीपी संवाददाता

२६ कार्तिक २०८१, सोमबार ०९:०८ मा प्रकाशित

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरी हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना दलाललाई पैसा तिरेर जापान लगेकोमा फिर्ता भएका थिए ।

अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान पुगेका थिए । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुले लाखौँ रकम बुझाएको बयान दिएका छन् । कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

आलोचनापछि हिजो शनिवार मात्रै पार्टीले अधिकारीलाई सदस्यबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ती निकालेर अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुङ्गो नलाग्दासम्म सङ्गठीत सदस्यबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।

तस्बीर : अन्नपूर्ण 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x