१२ मंसिर २०८३, शुक्रबार
मानव वेच विखन मुद्दामा फरार ६ वर्ष पछी पक्राउ
परिवर्तित नाम P-2 को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अम्मर क्षेत्री कार्कि समेत भएको मानव वेच विखन तथा ओसारपसार मुद्दामा मिति २०७१।०३।२८ गते जाहेरवाली (पिडित) वर्ष २० कि परिवर्तित नाम P-2 लाई मिठाई खान दिई वेहोस बनाई भारतको वहराईच लगी सो ठाँउ बाट भारत लखनउ जाने भनि लकनउका एकिन नामथर थाहा नभएको मानिस लाई ५०,०००।- मा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक पुरैना गा.वि.स.वडा नं. ९ हाल नेपालगंज उप-माहनगरपालिका वडा नं.२१ वस्ने वर्ष ३२ को अमर क्षेत्री कार्कि लाई मिति २०७७।१२।०८ गते यस कार्यालय मातहत वडा प्रहरी कार्यालय नेपालगंज बाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
चालु आ.ब.को हाल सम्म कुल फरार पक्राउ संख्या : ५५४
Subscribe
Login
0 Comments


