३२ असार २०८३, बिहीबार

मिटर ब्याज पीडितहरुको लागि आवाज उठाउने समितिको आज पत्रकार सम्मेलन

एसीपी संवाददाता

१८ जेष्ठ २०८२, शनिबार २२:५५ मा प्रकाशित

रिपोर्टर  जि नुरैन मुल्तमिस ( साहिल हल्वाई )  नेपालगन्ज – मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल बाँके जिल्लाले आज  पत्रकार सम्मेलन गरेको छ । बाँके जिल्लामा मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल को केन्दीय प्रतिनिधि र पश्चिम कमाण्ड इन्चार्ज लगायत ६ जना लाई  पक्राउ गरी थुना मा राखेको हुनाले आज पत्रकार सम्मेलन गरेको छ । आज पत्रकार सम्मेलनमा जारी गरिएको

प्रेस नोट ।

प्रेस बिज्ञप्ती

आन्दोलनका अगुवालाई थुनेर पीडितको न्यायीक संघर्षलाई कमजोर बनाउने कुचेष्ठा-खबरदार !’

मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल राज्यसँग विभिन्न मागहरु राखि विगत ४ वर्षदेखि निरन्तर शान्तिपूर्ण सडक संघर्षमा रहेको सर्वविदितै छ । राज्यले मिटरब्याजलाई आर्थिक अपराधको रुपमा स्वीकार गरी कानुन बनाएर समाधान गर्न खोजे जस्तो देखिएपनि वर्तमान सरकारले त्यस पक्षमा उदासिनता देखाउँदै पीडितमाथि दमन गर्दै आएको छ । त्यसैको एउटा ज्वलन्त उदाहरणका रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको पछिल्लो गतिविधिले थप पुष्टि गरेको छ । सरकारले गठन गरेको आयोगको कार्यविधि अनुरुप पीडितलाई छलफलमा नल्याई पीडितलाई पक्राउ गरेपछि यहि जेठ १३ गते जिल्ला प्रशासन कार्यलय, बाँके अगाडी शान्तिपूर्ण प्रदर्शन गरिरहेका मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, पश्चिम कमाण्डका अगुवाहरुलाई गिरफ्तार गरीयो । जिल्ला प्रहरी कार्यालयका प्रमुखले गिरफ्तार गर्ने कुनै आधार नभएको भन्दाभन्दै पनि कपोलकल्पीत झुठा मुद्धा लगाष्ठर हिरासतमा राख्ने प्रपञ्च पूर्णतः सामन्ती प्रवृत्तिको खुल्ला अभिव्यक्ति हो। हामीले समन्वय गर्ने प्रयास गर्दा उनले गृहमन्त्रीको ठाडो आदेश छ भन्दै उल्टै प्रहरी लगाएर थुनाउने धम्की दिँदै आएका छन् । मिटरब्याज पीडितहरुको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका साथ लागिपरेका बाँके जिल्लाका, प्रमुख जिल्ला अधिकारीको घृणित हर्कतको घोर भर्त्सना गर्दछौं ।

मिटरब्याजी सुखोरहरुसँगको साँठगाँठमा रहेका प्र.जि.अ. धर्मराज जोशि पीडित विरोधि गतिविधिमा संलग्न भएको यो पहिलो घटना भने होइन । गत (वर्ष) साल तत्कालिन कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख हुँदा धर्मराज जोशिले मिटरब्याज समस्या समाधान सहजीकरण समितिको कार्यकक्षमा नै दुर्व्यवहार गरी “भित्र हुल्ने” भनी धम्कीपूर्ण अभिव्यक्ति दिँदै यस आन्दोलनका तत्कालिन कञ्चनपुर जिल्ला अध्यक्ष श्री दामोदर ढकाललाई व्यक्तिगत रुपमै प्रतिशोधपूर्ण व्यवहार गरेको दृष्टान्त छ । निज धर्मराज ढकाल वर्तमान गृहमन्त्रीज्युको निजी सचिव रहेको वखत समेत आन्दोलन, अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोग र गृह मन्त्रालयबिच हुने त्रिपक्षिय वार्तालाई समेत प्रभावित पार्न समन्वय गर्न नचाहने, पठाएको चिठि पत्रलाई मन्त्री समक्ष नपु-याइदिने आदि गतिविधिबाट हामी आजित भएका थियौं। अहिले तिनै धर्मराज जोशी बाँके जिल्लाका प्र.जि.अ. रहेका उनले सामन्ती र स्वेच्छाचारि प्रवृत्ति देखाउँदै शान्तिपूर्ण प्रदर्शन गरिरहेका मिटरब्याज पीडितका अगुवाहरुलाई बेकसुर पक्राउ गरी नाबालिकाकी आमा सहित ६ जनालाई गैर-न्यायीक हिरासतमा राखेका छन् । राज्यको नियन्त्रण र निर्देशनमा रहेको स्थानीय प्रशासनमा कार्यरत कर्मचारीको सामन्ती प्रवृत्ति र गुण्डागर्दी हामीलाई कदापि सत्य छैन । ति प्रशासन प्रमुखलाई हेक्का रहनुपर्ने हो, उनी गणतान्त्रिक व्यवस्थाका कारिन्दा हुन् । शाही आदेशको भरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका कुनैपनि नागरिकलाई थुनामा राख्न पाइन्न ।

आफ्नो पदिय जिम्मेवारीको दुरुपयोग गरी पीडितको विरुद्धमा लाग्ने, आम जनतालाई दुख दिने, शान्ति सुरक्षा व्यवस्थापन जस्तो जटिल जिम्मेवारीलाई आफ्नो व्यक्तिगत शत्रुताको प्रतिशोध साँध्ने थलो बनाउने जस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरिनुपर्दछ । अन्यथा, घोर अन्याय, शोषणमा परि तथा सारा जायजेथा गुमाएर न्यायको आशामा राज्यका सम्बन्धीत निकायमा धाउने पीडितहरुले त्यो अन्तिम आशाको थलोबाट पनि बेदखल गर्ने कुचेष्टाको परिणाम निकै भयानक हुनेछ । कुनैपनि राष्ट्रिय मुद्धालाई व्यक्तिगत रिसीविको आधारमा गिजोल्ने, पीडितको आशालाई कुठाराघात गर्ने र मिटरब्याज विरुद्ध जाँचबुझ आयोगको जिल्लास्तरीय संयन्त्रको प्रमुखले नै यस्तो निकृष्ट कार्य गर्दा निजका विरुद्ध शसक्त आन्दोलनको घोषणा गर्न हामी बाध्य भएका छौं । कुर्सिमा बसेर मिटरब्याजसँग सम्बन्धीत मुद्धामा जोसुकै पीडित आएपनि नछोड्‌ने भन्दै हामीलाई खुलेआम चुनौति दिँदै हिँडेका बाँके जिल्ला प्र.जि.अ. धर्मराज जोशीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गर्दै बेकसूर गिरफ्तारमा परेका यस आन्दोलनका पश्चिम कमाण्ड केन्द्रीय प्रतिनिधि दामोदर ढकाल, ईञ्चार्ज सरस्वती सुनार लगायत सम्पूर्ण अगुवाहरुलाई तत्काल रिहाइको माग गर्दछौं । अन्यथा, यस घटनाबाट सिर्जना हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयं राज्य हुनुपर्नेछ । साहुमहाजनको इशारामा आन्दोलनका अगुवालाई थुनेर पीडितको न्यायीक संघर्षलाई कमजोर बनाउने निज जोशी जस्ता पीडित विरोधी नोकरशाहको कुचेष्टा सफल हुनेछैन । हामी खबरदारी गर्दछौं ।

हमार संघर्ष जारी ह । किसान मजदुर-जिन्दावाद ! 

2.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x