१ श्रावण २०८३, शुक्रबार
मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । आइतबार साँझ काठमाडौंबाट बुटवल जादै गरेका मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो।मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए ।
गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु फर्काएर प्रहरी तालिम केन्द्र रामनगर लगिएको छ । ढुंगा हानेको आरोपमा प्रहरीले मुक्तिराम पौडेल, छाया पोखरेल, मुक्ति पौडेल, कमला अधिकारी र बिष्णु पोखरेललाई पक्राउ गरेको छ ।
गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायरिङ गरेको थियो ।
अज्ञात समूहले आक्रमण गरेर गाडीको सिसा फुटेको तर मुख्यमन्त्रीलाई केही नभएको नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेस सहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्। मिर्मिरे अनलाइन
- चीनले नेपालको भूमि हडपेको तथा सगरमाथा पनि गुगल म्यापमा आफ्नोतिर पारेको दावी गर्दै विरोधमा प्रदर्शन
- बुटवलमा निषेधाज्ञाका बिच पनि प्रदर्शन जारी
- राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन केही स्थान निषेधित क्षेत्र घोषित

स्थायी राजधानी सार्ने बिवाद,कांग्रेसको बन्द बन्दका कारण जनजीवन प्रभावित
Subscribe
Login
0 Comments



