११ मंसिर २०८३, बिहीबार

मुम्बइ हमलाका योजनाकार जाकी-उर-रहमान पाकिस्तानमा पक्राउ

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार १०:५० मा प्रकाशित

इस्लामाबाद: मुम्बइ हमलाका योजनाकार मानिएका जाकी-उर-रहमान लाखभी पाकिस्तानमा पक्राउ परेका छन् ।

लस्कर ए तइबाका नेता लाखभी यही शनिबार पाकिस्तानको पन्जाब प्रान्तमा समातिएका हुन् । यसअघि २००८ मा पनि पक्राउ परेका उनी जमानतमा रिहा भएका थिए ।

आतंकवादी संगठनहरुका लागि आर्थिक सहायता गर्दैआएको आरोप पनि उनीमाथि छ । भारतले बारम्बार उनलाई पक्राउ गर्न पाकिस्तानलाई दबाब दिँदैआए पनि पाकिस्तानले पक्राउका लागि प्रमाण नभएको बताउँदैआएको थियो ।

लाखभीले इराक, अफगानिस्तान लगायतका देशमा भूमिगत सशस्त्र समूह सन्चालन गर्दैआएको बताइन्छ । २००८ मा भारतको मुम्बइस्थित १६६ जना मारिने गरी भएको हमला लाखभीकै योजनामा भएको भारतीय पक्षको दावी रहँदैआएको छ । र उक्त घटनाका उनी नै एक मात्र जीवीत ‘दोषी’ भएको भारतले बताउँदैआएको छ ।

पाकिस्तानमा इमरान खान नेतृत्वको सरकारले भने खानको राजीनामा माग्दै सरकारमाथि पछिल्लो समय विपक्षी दलहरुको दबाब परिरहँदा लाखभीलाई पक्राउ गरेको छ। अन्नपुणपोस्र्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x