१ श्रावण २०८३, शुक्रबार

मुस्लिम आयोगले आर्थिक वर्ष ८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन रास्ट्रपति समक्ष प्रस्तुत

एसीपी संवाददाता

२२ आश्विन २०८१, मंगलवार १५:०४ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन।

त्यस अवसरमा राष्ट्रपति पौडेलले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति, समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको सन्दर्भमा सोही बमोजिम गठित मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए।

उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाहीहरू समेटेर तयार पारेको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई सम्बोधन गर्ने विषयमा सरकारले ध्यान दिने विश्वास व्यक्त गरे।
स्रोत: नागरिक दैनिकबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x