८ कार्तिक २०८१, बिहीबार

मुस्लिम रास्ट्रको लागी भारतले ६.५ टन मेडिकल सहायता र ३२ टन राहत सामग्री सहयोग

एसीपी संवाददाता

८ कार्तिक २०८०, बुधबार ०९:०१ मा प्रकाशित

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्,’यो सहयोग भारती वायुसेनाको सी-१७ विमानबाट पठाइएको हो। सामानहरू विमानमार्फत् इजिप्टको एल- आरिस एयरपोर्टमा पुर्‍याइएको छ।’

फिलिस्तान , प्यालेस्टाइनीहरूलाई पठाएको सहायतामा औषधि,शल्य चिकित्सा उपकरण, त्रिपाल,पानी शुद्धिकरण ट्याब्लेटजस्ता अत्यावश्यक सामग्रीहरू छन्।

बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइन प्राधिकरणका अध्यक्ष महमुद अब्बासँग फोनमा कुरा गरेका थिए। सोही क्रममा  प्रधानमन्त्री मोदीले  प्यालेस्टाइनीहरूलाई मानवीय सहायता पठाउने बताएका थिए।

पीएस मोदीले गाजाको अल अहली अस्पतालमा सर्वसाधारणको हत्यमा गहिरो शोक व्यक्त गरेका थिए।

इजरायल र प्यालेस्टाइन विद्रोही समूह (हमास) बीच द्वन्द्व हुँदा हजारौं इजराइली र प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन्।  सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको छ। एकजना विद्यार्थी अझै बेपत्ता छन्।

दुई पक्षबीच  जारी युद्धले मानवीय संकट बढ्दै गएको छ।  गाजामा इजरायलको आक्रमण तथा इजरायली भू-भागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x