मैले यसरी नयाँ वर्षको शुरुआत गरे
शायदा बानो शाह = मैले यसरी नयाँ वर्षको शुरुआत गरे है । वर्ष २०२५ जनवरीमा छापिएको पहिलो फिचर पढौं ।
नेपालमा किंगरिया समुदायको बसोबास केवल नेपालगंज उपमहानगरपालिकामा मात्रै छ । जहा करिब ३०० परिवार किंगरिया समुदायको छ । औसत ७ जनाको परिवारकै हिसाबले ३०० परिवारमा किंगरिया समुदायको जनसंख्या करिब २ हजार १ सय जना रहेको छ । तर जनगणनामा किंगरिया समुदायको बारे छुट्टै उल्लेख छैन् । वडा अध्यक्ष अब्दुल गफ्फार भन्छन् ।किंगरियाहरु मुस्लिम समुदायका हुन् ।
उनीहरु इस्लाम धर्म मान्दछन् । इस्लाम धर्म मान्ने भएकोले यिनले मुस्लिम समुदायले मनाउने सम्पूर्ण चाडपर्व जस्तैः ईदुलफित्र, ईदुलजुहा, मोहर्रम र मोहम्मद डे आदि मनाउने गर्छन् । यिनीको विवाह मुस्लिम समुदायको धार्मिक रीति अनुसार निकाह गरेर हुन्छ । मरेपछि दहसंस्कार पनि मुस्लिम समुदाय धार्मिक मुल्यमान्यता अनुसार कब्रिस्तानमा गरिन्छ । यिनीहरुको पूर्वजको ’किंगडी’ बजाएर माग्ने काम गर्थे । त्यही किंगडीबाट यिनीहरुलाई किंगरिया भनिएको सोही समुदायका जानकार ८७ वर्षीय फैज अली किंगरिया बताउँछन् ।



