मोहम्मद जन्मोत्सवको दोस्रो दिन फलफूल वितरण
मोहम्मद जन्मोत्सवको दोस्रो दिन, बृद्धअस्हाय तथा गरीब अनाथ बालबालिकाहरूमा फलफूल वितरण गरि नेपालगंजमा मोहम्मद जन्मोत्सव नबी ए पाकको उपदेशको पालन गर्दै हामी मनाइको छ । कार्यक्रम धार्मिक सामाजिक सदभाव समिति संयोजक तथा नेपालगंज मुस्लिम समाजको वरिष्ठ अगुवा मेराज अहमद हिमालयको नेतृत्वमा, महानपर्व मोहम्मद डे उत्सव दोस्रो दिन, निलसागर सेवा आश्रममा, फलफूल बाडेर हामी मनाएको हो ।

आफनो भनाई राख्दै आश्रमका सा साना, कलिला अनाथ बालबालिका र बृद्धबृद्धाहरूको एकछणकै लागि भएपनि खुशी बनाउन्दा पाउंदा मन हर्षित भएकोछ वास्तव मा यि अनाथ बाल बालिका अस्हाय बृद्धबृद्धाहरूको सहयोगी बन्नु नै सबैभन्दा ठुलो पुण्य हो ।

अल्लाहले यस्तो ठाउँमा, सबैलाई सहयोग गर्न हृदय देउन, कामना को साथै सबैमा मोहम्मद जन्मोत्सव को हार्दिक शुभकामना समेत व्यक्त गर्दछू ।
कार्यक्रममा,बिभिन्न समाज सेवीको सहभागिता रहेको थियो । कार्यक्रममा पुर्ब संबिधानसभा, सदस्य अब्दुल हमीद सिद्दीकी भोला शाहील अंसारी आदील अंसारी समीर शेख जाबेद हल्वाई शहाबुद्दीन हल्वाई लगायतको रहेको थियो ।


