यथार्थता ( शायदा बानो शाह )
हुन त यो विचारणीय कुरा हो, तथापि यस तर्फ कसैको ध्यान जादैन् । हुन सक्छ ध्यान जाने गर्छ होला तर यसलाई त्यति महत्व दिईदैन् होला । तर मनन गर्ने कुरा यो छ कि आज सुन्नी मसलक मान्नेहरु सुन्नी मसलक छाडेर वहाबी र अरु मसलक तर्फ जाने गर्छन् । यिनीहरुले आफ्ना असल व्यवहारबाट प्रभावित गरेर अरु मसलक मान्नेहरुलाई सुन्नी बनाउन सकेको कमै पाईन्छ ।
यसको एउटा कारण चाहिँ व्यवहार रहेकोछ । अधिकांश सुन्नी ओलेमाहरुले आफ्ना तकरीर र प्रवचनमा अरु मसलकलाई नराम्रो भन्ने, शिया राफजी फलाना ढिस्काना भनी आरोप लगाउने र आफु बाहेक हरेकलाई काफिर घोषित गर्ने गरेको पाईन्छ । भने अधिकांश सुन्नी नातख्वानहरुले फरक मसलक मान्नेहरुलाई गिजाउने फरक मसलकलाई नराम्रो भन्ने काम मात्रै गरेका हुन्छन् । जबकि इस्लामले त असल व्यवहार गर्नका लागि आदेश नै दिइएकोछ । अनि त्यही असल व्यवहारको पहिलो खुढकिला मानिसको बोली वचन नै हो । तर कतिपय सुन्नी धार्मिक अगुवा असल व्यवहार गर्दैनन् । तिनका बोली वचन धेरै नै पिरो हुन्छ । यसै कारणले आज हामी हेरिरहेकाछौं कि सुन्नी आवामको संख्या घट्दै गइरहेकोछ ।
यो संख्या घट्न नदिने हो भने सबभन्दा पहिला सुन्नी ओलेमा र नातख्वानहरुले आफ्नो व्यवहार सुधार गर्नुपर्ने आवश्यक रहेको देखिन्छ । साथै आम सुन्नी आवामको व्यवहार असल बनाउन आवश्यक पहल गरिनुपर्ने देखिन्छ ।



