१ श्रावण २०८३, शुक्रबार

बाँकेमा भब्य र्‍याली सहित नेपाल सम्वत ११४५ मनाईने

एसीपी संवाददाता

१२ कार्तिक २०८१, सोमबार ०९:३५ मा प्रकाशित

नेपाल सम्वत ११४५को अवसरमा बाँकेमा भब्य र्‍याली

११ कात्तिक, बाँके । प्रत्येक वर्ष झै यस वर्ष पनि बाँकेमा नेपाल सम्वत धुमधामका साथ मनाईने भएको छ ।

नयाँ वर्ष नेपाल सम्वत ११४५ को उपलक्ष्यमा कार्तिक १७ गते नेपालगञ्जमा भिन्तुना शुभकामना अदानप्रदान तथा र्‍याली आयोजना गरिने भएको छ ।

न्हुदँया भिन्तुना नेपाल संवत ११४५ को अवसरमा शुभकामना कार्यक्रम तथा भब्य र्‍याली आयोजना गरिने नेवाः पुचः बाँकेका सचिव विवेक कुमार श्रेष्ठले जानकारी गराए ।

नेपालगञ्ज स्थित गणेशमान चोकबाट र्‍याली शुरु भएर भिमसेन देव मन्दिर राझा पुगेर समापन गरिने सचिव श्रेष्ठले जानकारी गराए ।

गणेशमान चोकमा कात्तिक १७ गते बिहान ८ बजे भेला भएर ट्राफिक चोक हुदैँ पुनः बिधुत रोड हुदैँ भेरी अस्पताल देखि त्रिभुवन चोक हुदैँ गगनगञ्ज, त्रिबेणी मोड, घरबारी टोलको स्टार लज देखि न्युरोड हुदैँ सेतु बिक चौक, धम्बोझी चोकबाट कारकादो हुदैँ राझा भिमसेन गुठीमा र्‍याली समापन हुने गरी रुट निर्धारण गरिएको आयोजक नेवाः पुचः बाँकेले जनाएको छ ।

र्‍यालीमा सम्पूर्ण बाँकेवासीलाई सहभागी भएर भब्यताका साथ नेपाल सम्वत ११४५ मनाउन र शुभकामना अदानप्रदान गर्न अनुरोध गरिएको छ ।

नेपाली पात्रो अनुसार यस वर्ष कात्तिक १७ गते नेपाल सम्वत ११४५ परेको छ ।

नेपाल संवत काठमाडौँ उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाउदै आईरहेको यो नेपालको मौलिक सम्वत हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणबाट मुक्त बनाएर चलाएको संवत नेपाल संवतको रुपमा रहेको छ ।

कार्तिक शुक्ल पक्षका दिन नेपाल संवतको पहिलो दिन हो । यो सम्वत भक्तपुरका राजा राधव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी चलनमा रहेको थियो । नेपाल सरकारले यो सम्वतलाई आधिकारीक मान्यता दिएको छ । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ ।

पछिल्लो सयममा अन्य समुदायले पनि मनाउन लागेपछि यसको महत्व बढेको सचिव श्रेष्ठले जानकारी दिए ।

उनले नेपाल संवतको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सबैलाई उपस्थित भई भब्य रुपमा सम्पन्न गराउन अनुरोध गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x