१५ भाद्र २०८३, सोमबार

यातायात कार्यालय परासीद्वारा २१ कराेड ५० लाख   राजश्व संकलन 

एसीपी संवाददाता

७ श्रावण २०८२, मंगलवार २३:३१ मा प्रकाशित

सुरेश यादव,परासी  ।  लुम्बिनी प्रदेश सरकार द्वारा संचालित यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीले आ.व.२०८१/०८२ मा कुल २१ कराेड ५० लाख ६९ हजार २० रुपैया राजश्व संकलन गर्न सफल भएकाे छ भने आ.व.२०८०/०८१ मा २० कराेड ३८ लाख ७ हजार १ सय ५६ रुपैया संकलन गरेकाे थियाे ।

यस कार्यालयले सवारी कर नविकरण,लुम्बिनी प्रदेश भित्रका रुटपरमिट र जाँसपास नविकरण लगायतका सेवा प्रदान गर्ने गरेकाे कार्यालय प्रमुख श्याम लाल न्याैपानेले जानकारी दिनुभयाे । यस्तै सवारी चालक अनुमतिपत्र नविकरण र माेटरसाईकल,स्कुटर,कार र टेम्पो-अटाे रिक्साकाे नयाँ सवारी चालक अनुमतिपत्र वितरण गर्दै आएकाे कम्प्युटर अपरेटर किशाेर कुमार चाैधरीले बताउनुभयो ।

जस मध्य सवारी करबाट १६ कराेड १२ लाख ९३ हजार ५ सय ४५ रुपैया,सवारी नविकरणबाट १ कराेड १७ लाख ११ हजार,सवारी चालक अनुमतिपत्रबाट ३ कराेड ६८ हजार,रुट परमिट र ईजाजत पत्रबाट ६२ लाख ६५ हजार ६ सय ८० रुपैया र आयकरबाट ५७ लाख ३० हजार ७ सय ९५ रुपैया संकलन गरिएको सुचना अधिकारी कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।

कार्यालयकाे समुद्घाटन लुम्बिनी प्रदेशका तत्कालीन श्रम,राेजगार तथा यातायात मन्त्री पुर्मती ढेगामगरले २०७८ साल फागुन १ गते रामग्राम खानेपानीकाे भवनमा गर्नुभएकाे थियाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x