१२ मंसिर २०८३, शुक्रबार
युवाहरू नेतृत्वमा न आए सम्म देशको बिकास न हुने – बस्नेत
ग
नेपाली कांग्रेस खेलकुद बिभागका प्रमुख मोहन बहादुर बस्नेतले युवाहरु नेतृत्व तहसम्म नआएसम्म मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा अयाोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रममा बस्नेतले युवाहरु नै मुलुकको परिवर्तनको आधार भएको भन्दै उनीहरुलाई राज्यको नेतृत्व तहमा पुराउनुपर्ने धारणा राख्नुभयो ।
राज्य र दलहरुले युवाहरुलाई अवसर नदिदा लाखौं युवाहरु विदेशीन बाध्य भएको उहाको भनाइ छ । बस्नेतले दलहरुले पनि आफ्नो बिधी बिधानमा युवाहरुलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गर्नुभयो । उहाले कुनै पनि पार्टीले युवाहरुलाई सम्मान गर्न नजानेको बताउनुभयो । संविधान बनाउनदेखि कार्यान्वयन गर्ने अवस्था सम्म युवाहरुको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने उहाले बताउनुभयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
Subscribe
Login
0 Comments


