३२ असार २०८३, बिहीबार

युवा राजदूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना बैठक सम्पन्न

एसीपी संवाददाता

१४ बैशाख २०८२, आईतवार २२:४५ मा प्रकाशित

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा युवा राजदूतहरूसँग अभिभावक शिक्षा सत्र सहित समीक्षा र योजना बैठक सम्पन्न गरेको छ
बैठकमा मधुबन नगरपालिकाका १६ जना युवा राजदूतहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा मानब तथा बाल बेचबिखन विरुद्ध अभियान संचालन गर्न कार्य योजना प्रस्तुत गरेका थिय , उनीहरूले तयार गरेको योजनामा सामाजिक सञ्जाल अभियान, ह्यासट्याग मानब बेचबिखन बिरुद्ध अभियान, सामाजिक ब्यबहार परिवर्तन संचार सम्बन्धि भिडियो र वृत्तचित्र प्रदर्शन, “साताको भेटमा बाल बेचबिखन का कुरा” शीर्षकको छलफल, सडक नाटक र र्‍यालीहरू मार्फत मुद्दालाई सम्बोधन गर्ने कुरामा केन्द्रित थियो। बैठकमा मानव बेचबिखन, यसको मूल कारण, न्यूनीकरण उपायहरू, बाल बेचबिखन रोक्न अभिभावकको भूमिका, र आफ्ना बच्चाहरूलाई सबै प्रकारका हिंसाबाट कसरी जोगाउने भन्ने विषयमा अभिभावक शिक्षा सत्रमा युवा राजदूतहरूलाई अभिमुखीकरण गरिएको थियो।
सत्रलाई परियोजना संयोजक श्री ईश्वर बीकेले सहजीकरण गर्नुभएको थियो भने फिल्ड सुपर भाईजर सावित्रा भाटले सहयोग गर्नु भयको थियो
साथै कार्यक्रममा सस्थाका अध्यक्ष श्री रवि कुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दीकी, , कोषाध्यक्ष फिरदोस जांहको बिशेष उपस्थिति रहेको थियो
सस्थाले सुरक्षा परियोजना मार्फत राजापुर र मधुबन नगरपालिकाका गरि जम्मा ४० जना युवा मानब बेचबिखन बिरुद्धको अभियानमा परिचालन भयका छन् 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x