८ कार्तिक २०८१, बिहीबार

युवा संघ नेपालको आयोजनामा १० जना युवाले गरे रक्तदान

एसीपी संवाददाता

१० पुष २०७६, बिहीबार ०५:२० मा प्रकाशित

उत्तम कुमार थापा

बझाङ, पुस ९-बझाङ युवा संघ नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा बुधबार रक्तदान कार्यक्रम भएको हो । नेपाल राष्टिय युवा संघको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बेला बेलामा जिल्ला अस्पताल बझाङमा रगतको अभाव भई बिरामी हुने, भएका कारण बिरामीहरुलाई समस्या नहोस् भन्ने उदेश्यले रत्तदान कार्यक्रमको आयोजना गरिएको राष्टिय युवा संघ नेपालका जिल्ला संयोजक विनोद बहादुर सिंहले बताउँनु भयो ।

विगतका दिनहरुमा बिरामीहरुले रगत नपाएर भौतारिनु पर्ने र नेपाली सेना तथा नेपाल प्रहरी प्रति नै आस गर्नु पर्ने अबस्थाको अन्त्य गर्नका लागी पनी यस्तो कदम चालिएको जनाईएको छ । साथै बुधबार नै रगत समुह परिक्षण समेत गरिएको नेपाल राष्टिय युवा संघ बझाङका संयोजक सिंहले जानकारी दिनु भयो ।

बुधबार भएको रक्तदान कार्यक्रम १० जना युवाहरुले रत्तदान गरेका हुन् । रत्तदान गर्नका लागी धेरै युवाहरु तयार रहेको भएपनी जिल्लामा रगत राख्ने सुरक्षित ठाँउ नभएका कारण थोरै युवाहरुबाट रगत लिईएको हो । कार्यक्रममा रगत दिन तयार युवाहरुको सम्पर्क नम्वर नै राखेर आगामी दिनमा रगत चाहीएको बेला सम्पर्क गरी रगतको आपुर्ति गर्ने सह संयोजक बलराम धामीले जानकारी दिनु भएको छ ।

यसका साथै बुधबार नै युवा संघ नेपालको आयोजनामा र जिल्ला अस्पतालको समन्वयमा रगत परिक्षण समेत गरिएको छ । रगत परिक्षणमा ७० जनाभन्दा बढी सहभागी भएको स्वास्थ्य कार्यालय बझाङका ल्याव टेक्निसियन नारायण जोशीले जानकारी दिनु भएको छ ।

बुधवार जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई युवा संघ नेपाल बझाङले फलफुल समेत बितरण गरिएको छ । गर्भवती महिला, बालबालिका बुद्धबृद्धाहरु तथा जिल्ला अस्पतालमा भर्ना भएका बिरामी लाई फलफुल बितरण गरेको राष्टिय युवा संघ नेपालका केन्दिय सदस्य प्रकाश रोकायाले बताउनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x