९ मंसिर २०८३, मंगलवार
रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाउने घोषणा
मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धका बीच आफ्ना लामो समयदेखि सहयोगी रहेका रक्षामन्त्री सर्गेई शोइगुलाई पदबाट हटाउने घोषणा गरेका छन् । क्रेमलिनले भ्लादिमिर पुटिनको पाँचौं कार्यकालको सुरुवातसँगै मन्त्रिपरिषद्को पुनर्संरचनाको एक भागको रूपमा यो कदम चालेको हो। सर्गेई शोइगु सन् २०१२ देखि पुटिनको मन्त्रिपरिषद्मा रक्षामन्त्रीको भूमिकामा थिए। पुटिनले ६८ वर्षीय शोइगुलाई रुसको शक्तिशाली सुरक्षा परिषद्को प्रमुखमा नियुक्त गरेका छन् । सोइगुको स्थानमा सैन्य अनुभव नभएका आन्द्रेई बेलोसोभलाई रुसको रक्षा मन्त्रालयको कमाण्ड दिइएको छ । आन्द्रेई रुसका प्रधानमन्त्री भइसकेका छन् ।
Subscribe
Login
0 Comments


