२ श्रावण २०८३, शनिबार

रचनात्मक कार्यक्रमसहित प्रदर्शन

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार ११:३० मा प्रकाशित

मुलुकमा महिला हिंसा बलात्कार लगाएतका घटना बढेको भन्दै नेपाल जेसिस आवद्ध समूहले काठमाडौंमा रचनात्मक कार्यक्रम सहित प्रदर्शन गरेको छन् ।

सामाजिक संस्था नेपाल जेसिस अन्तर्गत ललितपुर लुभु शाखा आवद्ध समूहले काठमाडौंको माइतिघरमा महिला हिंसा बलात्कार लगाएतका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।

उनीहरुले महिला हिंसा र बलत्कार बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपालको झण्डा, हात र टाउकोमा कालो पट्टी, ब्यानर र प्लेकार्ड सहित सडक नाटक र कविता वाचन गरेका थिए ।
उनीहरुले नारिको सम्मान गर्न सिक, तिमी हेरेरै बस सरकार भोलि कसैले तिम्रो ईज्जत् लुट्छ लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । महिला हिंसा बलात्कार घटना बढेको भन्दै पछिल्लो समय निरन्तर प्रदर्शन हुँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x