१० भाद्र २०८३, बुधबार

रसुवागढी बाढी अपडेट: घाइतेको निःशुल्क उपचार र राहतका लागि मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय

एसीपी संवाददाता

१० भाद्र २०८३, बुधबार २२:२५ मा प्रकाशित

काठमाडौं, १० भदौ २०८३ — नेपाल–चीन सीमानामा पर्ने रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार चीनतर्फको माथिल्लो जलाशय क्षेत्रमा हिमपहिरो र गेग्रानका कारण नदीको बहाव अचानक रोकिएर खुलेपछि आएको यस बाढीले टिमुरे, स्याफ्रुबेसी, रसुवागढी लगायतका क्षेत्रमा ठूलो तहलका मच्चाएको छ।

मानवीय क्षति तथा बेपत्ता: बाढी प्रभावित क्षेत्रमा हालसम्म ८३ जनाको शव फेला परेको छ भने उनीहरूको पहिचान खुलाउने प्रक्रिया जारी छ। त्यस्तै, सुरक्षाकर्मी, भन्सार कर्मचारी तथा स्वदेशी र विदेशी पर्यटकम गरी ४७७ जनाभन्दा बढी सम्पर्कविहीन रहेका छन्।

घाइते र उद्धार: बाढीमा परी घाइते भएका ५५ जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निजी क्षेत्रका हेलिकप्टरहरू मार्फत ११६ जनाभन्दा बढीको हवाई तथा स्थलगत उद्धार गरिएको छ।

भौतिक पूर्वाधार: बाढीले ३५ वटा मोटरवेल पुल, ४५ वटा झोलुंगे पुल तथा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। यसका साथै दर्जनौँ जलविद्युत आयोजना र संचार पूर्वाधारमा समेत असर पुगेको छ।

सरकारको आपत्कालीन कदम र मन्त्रिपरिषद्का निर्णयहरू: घटनालगत्तै प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ। घाइतेहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ।

घरबारविहीन भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खानेकुरा तथा अस्थायी बासको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ।अवरुद्ध सडक, खानेपानी, विद्युत र सञ्चार सेवाहरू यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्रालयहरूलाई सक्रिय पारिएको छ। प्रभावित तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

प्रधानमन्त्री, मन्त्रीहरू तथा सुरक्षा निकायका प्रमुखहरूले विपद् स्थल र उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेका छन् भने सरकारले बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका कार्यक्रमहरू तीव्रताका साथ अगाडि बढाइरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x