१८ भाद्र २०८३, बिहीबार

रसुवा भोटेकोशी बाढीपीडितका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख १ हजार सहयोग

एसीपी संवाददाता

१८ भाद्र २०८३, बिहीबार १८:०३ मा प्रकाशित

नेपालगञ्ज, १८  भाद्र  — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ।

संघ र कार्यसमितिका सम्पूर्ण सदस्यहरूको तर्फबाट संकलित रु. ६,०१,०००/- (छ लाख एक हजार रुपैयाँ) बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। उक्त रकमको भौचर नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीको नेतृत्वमा गएको पदाधिकारी तथा कार्यसमितिको टोलीले आज बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गरेको हो।

यस दुःखद् तथा विपद्को घडीमा बाढीपीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले सम्पूर्ण उद्योगी, व्यवसायी तथा देशविदेशमा रहनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूमा आ–आफ्नो क्षमताअनुसार सक्दो आर्थिक तथा भौतिक सहयोग गरिदिनुहुन हार्दिक अपिल समेत गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x