११ मंसिर २०८३, बिहीबार

राजनितीका कारण विद्यालयको उन्नति हुन नसकेको – बिनोद थारु

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार १०:५५ मा प्रकाशित

नेपालमा औपचारिक शिक्षा बि.सं.१९१० मा जंग बहादुर राणाले दारबार स्कुलको स्थापना गर्‍यो र बाकेमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
बैजनाथ-७ पेडारीको हाम्रो यो स्कुल २०१६ सालको स्थापना भएको थियो । स्कुल विभिन्न प्रकारको राजनितीका कारण अहिलेसम्म उन्नति हुन नसकेको नेपाली कांग्रेस महासमिति सदस्य एवं थारू कल्याणकारिणी सभा बाके जिल्ला अध्यक्ष बिनोद थारुले आफ्नो बिचार राख्नु भयो । यसका कारण यहाँबाट जितेर जाने जनप्रतिनिधि रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथिले शिलान्यास गर्दै आएका गर्दै आफ्नो मन्तव्यमा नेकपा लुम्बिनी प्रदेश सचेतक उषा पुनले मलाई आफै पनि यहाँको बिकास गर्न चाहेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि थारुले राजनितीक हस्तक्षेपको कारणले विद्यालयको गुणस्तर कमजोर र बिकास नहुनुका कारणले आज नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पछि परेको छ र यहाँका स्थानीय जनताले समस्या भोग्दै छ्न । यहाँ बाट चुनावमा आएर जनतालाई झुठो आश्वासन देखाएर अहिलेसम्म कुनै पनि जनप्रतिनिधि होस यो विद्यालयलाई हेला गरेको गरे छन् अब आउने निर्वाचन जनताले यसको जवाफ् दिने भनाई थारुले राख्नु भयो । प्रमुख अतिथिले आफू यो विद्यालयको बिकास गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । २०२८ सालमा शिक्षा नीति आए नि यो विद्यालयलाई किन हेला गरियो । किन यहाका जनता थारु हुन के हामीलाई बराबर अधिकार छैन जब सम्म दोहोरो नीति राज्यले गर्छ तब सम्म देशको बिकास समाजको बिकास हुन सक्दैन । यहाँबाट प्रतिनिधित्व गर्नेको नियत साफ हुन आवश्यक छ । यहाँका जन प्रतिनिधि विद्यायक आईर्पी खरेलले समेत यो विद्यालयलाई अवहेलना गरेको गुनासो गर्नु भयो । पुर्ब सिचाइ मन्त्री दल बहादुर सुनारले यश विद्यालयमा कुनै योगदान नदिएको बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x