२६ आश्विन २०८३, सोमबार

“राजनीतिक घटनाक्रमको प्रभाव” प्रदेशसभा पनि विघटन हुने सम्भावना-शिवमाया

एसीपी संवाददाता

२० पुष २०७७, सोमबार ०७:२६ मा प्रकाशित

मोरङ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् ।

प्रेस संगठन मोरङले विराटनगरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने बताएकी हुन् । यद्यपि त्यो अधिकार प्रदेशसभामै रहेको उनको भनाइ छ ।

निर्वाचन आयोगले दियो ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र

‘दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको छ,’ उनले भनिन्, ‘तर संसद् विघटनको विषयमा स्पष्ट रूपमा संविधानको धारामा लेखिएको छैन । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न मिल्दैन, सर्वोच्चले व्याख्या गर्छ ।’

मन्त्री तुम्बाहाम्फेले निर्वाचन समयमै हुने दाबी पनि गरिन् । ‘निर्वाचन आयोगले आफ्ना काम गरिरहेको अवस्था छ,’ उनले भनिन्, ‘निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको र सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमै निर्वाचन हुनेमा कसैले पनि शंका नगर्न आग्रह छ ।’

पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तुम्बाहाम्फेले बताइन् । ‘पार्टी विभाजनभन्दा पनि पार्टीभित्रको एउटा सानो समूह निस्केर जान सक्ने सम्भावना अझै छ,’ उनले भनिन् ।

नेपाल–चीन आर्थिक साझेदारीका अधिकांश परियोजना बन्द अवस्थामा

मन्त्री तुम्बाहाम्फेले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोगले काम अघि बढाएको बताइन् । ‘सुकुम्बासीलाई जग्गा वितरणका लागि अभिलेखीकरण र प्रमाणीकरण स्थानीय तहकै अधिकार क्षेत्रमा भएकाले त्यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘अभिलेखीकरणमा त्रुटि भए मन्त्रालयको कामकाज नै प्रभावित हुने भएकाले त्रुटि गर्नेलाई कानुनी सजायको व्यवस्थासमेत छ ।’ ईकान्तिपुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x