सामाजिक कार्यमा सक्रिय राजा खानले उक्त सहयोग धार्मिक तथा सामुदायिक सेवाका लागि प्रदान गरेका हुन्।
नेपालगन्ज वडा न.५ स्थित दावते इस्लामी नेपाललाई समर सिबल जडान गर्न आर्थिक सहयोग प्रदान गरेका छन्। मस्जिदमा स्वच्छ पानीको उपलब्धता सुनिश्चित गर्न तथा समुदायका भक्तजनहरूलाई सुविधाजनक वातावरण प्रदान गर्न उनले यो महत्वपूर्ण सहयोग गरेका हुन्।
सहयोग हस्तान्तरण गर्दै राजा खान नेपालगन्जका प्रतिनिधि तथा नेपालगन्ज टेलिभिजन का अध्यक्ष इरफान अलि (अरसद) “समाजमा सकारात्मक परिवर्तन ल्याउन र धार्मिक तथा सामुदायिक संस्थाहरूलाई प्रवर्द्धन गर्न सहयोग गर्नु भएकोमा राजा खान नेपालगन्जलाई धन्यवाद दिएका हुन।
दावते इस्लामी नेपालका प्रतिनिधिहरूले राजा खानको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यो योगदान हाम्रो संस्थाका लागि महत्वपूर्ण छ। यसले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याउनेछ।”
राजा खान नेपालगन्जको निरन्तर समाजसेवा र उदार सहयोगले नेपालगन्जमा सामाजिक सद्भाव र सहयोग संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ। स्थानीय बासिन्दाहरूले उनको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यहरू जारी रहने विश्वास व्यक्त गरेका छन्।

राजा खान नेपालगन्ज उपमहानगरपालिका – १२ सन्देश:
“समाज र धर्मको सेवामा योगदान गर्नु मेरो कर्तव्य हो। दावते इस्लामी नेपाललाई प्रदान गरिएको यो सहयोग धार्मिक तथा सामुदायिक कार्यलाई सहज बनाउनका लागि हो। समाजलाई सकारात्मक दिशामा अघि बढाउन सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक छ।”नेपालगन्जटिभि



