१ श्रावण २०८३, शुक्रबार

राप्रपा सम्बद्ध नीति, अनुसन्धान विभागले विभिन्न क्षेत्रका विज्ञहरुसंग अन्तरक्रिया

एसीपी संवाददाता

२१ पुष २०८१, आईतवार १३:५७ मा प्रकाशित

राप्रपा सम्बद्ध नीति, अनुसन्धान विभागले विभिन्न क्षेत्रका विज्ञहरुसंग विभिन्न विषयमा अन्तर्क्रिया गर्न “संवाद श्रृंखला” प्रारम्भ गरेको छ। श्रृंखलाको पहिलो संवादमा आज “नेपाल-भारत दीर्घकालीन विद्युत व्यापार सम्झौताका दुरगामी प्रभावहरु” विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त, जलश्रोतका जानकार एवं समून्नत नेपाल गुठीका अध्यक्ष सूर्यनाथ उपाध्यायका जलश्रोतका विविध विषयका कुरा सुन्यौं । 
जलश्रोतमा नेपालको सम्भावना, उर्जा क्षेत्रमा विगतमा भएका नीतिगत त्रुटी, अन्तर्राष्ट्रिय मंचहरुमा नेपालको प्रतिबद्धता, उर्जा र भूराजनीतिदेखि अहिले के भइरहेको छ, के हुनुपर्थ्यो र के के गर्न सकिन्छ र राप्रपाको धारणा के हुनुपर्छ भन्ने बारेमा हामीले उहॅाका कुरा सुन्यौं र आफ्नो धारणा शेयर गऱ्यौं ।
नेपालको दीर्घकालीन हितका लागि यतिखेर हामीले अवलम्बन गर्ने उर्जा सम्बन्धि नीतिको समिक्षा गऱ्यौं। यसैगरी जलश्रोत व्यवस्थापन विज्ञ तेजेन्द्र केसीका सन्धि ऐन, नेपालको संविधान र सन्धि सम्झौताको अनुमोदन, सम्मिलन, स्विकृति वा समर्थन सम्बन्धि प्रावधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय नीति बीचको विरोधाभास सगायतका विविध विषयमा जानकारी लियौं । समग्रमा संवाद रोचक, ज्ञानबर्धक र उपयोगी रह्यो ।
पहिलो संवाद कार्यक्रममा राप्रपा अध्यक्ष एवं पूर्व उपप्रधान र उर्जामन्त्री राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं पूर्व जलश्रोतमन्त्री पशुपति शमसेर जबरा, पार्टीका पदाधिकारीहरु, कार्यसम्पादन समितिका सदस्यहरु, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु लगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा अध्यक्ष लिङ्देनले छोटो समय उर्जामन्त्री भएर नेपालको उर्जा क्षेत्रको समस्या, सम्भावना, चुनौति र अवसरका बारे बुझ्न पाएको भन्दै आफ्नो अनुभव र पार्टीको धारणा अतिथि एवं सहभागीहरुलाई अवगत गराउनुभयो । उहॅाले कुनै आयोजना भारतलाई नदिने चीनलाई दिने, चीनलाई नदिने भारतलाई दिने नीति गलत हुने, यस्तो अभ्यासले नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने र नेपालले नेपालको हितलाई सर्वोपरि ठान्नुपर्ने धारणा राख्नुभयो ।
विभागका प्रमुख, पार्टीका कार्यसम्पादन समितिका सदस्य प्रा.डा.गीताभक्त जोशीले कार्यक्रमको औचित्य र संवाद श्रृंखलाको उद्धेश्यबारे प्रष्ट्याउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x