३२ असार २०८३, बिहीबार

रास्वपाका नेता मोहनजंग अमेरिकी अध्यागमनको नियन्त्रणमा

एसीपी संवाददाता

१८ फाल्गुन २०८१, आईतवार १७:३३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मोहनजंग थापा अमेरिकी अध्यागमनको नियन्त्रणमा परेका छन्।

नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट(आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो। उनलाई के कारणले नियन्त्रणमा लिइएको हो भनेर विस्तृत रूपमा खुलाइएको छैन। तर अमेरिकाको अध्यागमन (आइसिई) को वेभसाइटमा उनी नियन्त्रणमा परेको सूचना राखिएको छ।

थापा रास्वपा सभापति रवि लामिछानेसँग निकट मानिन्छन्। २०७९ मा रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई आर्थिक लेनदेनमा कारबाही गरेको बेला थापा पनि निलम्बनमा परेका थिए। तर उनको पछि कारबाही फुकुवा गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x