१ श्रावण २०८३, शुक्रबार

रास्वपाको टार्गेटमा कांग्रेस महामन्त्री गगन थापाः स्वर्णिम, मनिषहरूलाई थाहा भयो राजनीति

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार ०८:२५ मा प्रकाशित

झा कांग्रेस पृष्ठभूमी र त्यसमा पनि गगन थापाको पहलमा कांग्रेसको घोषणा पत्र तयार पार्ने टोलीका व्यक्ति थिए। उनले रास्वपाका पुगे पनि कतिपय अन्तरवार्तामा थापा नै आफ्नो राजनीतिक गुरु भएको बताउने गरेका थिए।

यस्तै नेपाली कांग्रेसबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नै बनिसकेका डा. स्वर्णिम वाग्ले यतिबेला रास्वपाको उपसभापति रहेका छन्। ०७९ को निर्वाचनसम्म पनि महामन्त्री थापाको प्रचार प्रसारमा सक्रिय रहेका वाग्ले त्यसपछि भएको उपनिर्वाचनका क्रममा रास्वपाको उम्मेदवार बनेपछि थापाको आलोचनामा उत्रिन सुरु गरे।

स्वर्णिम र मनिषहरूले तयार पारेको यो नयाँ भाष्यले स्पष्ट हुन्छ कि उनीहरूले राजनीति थाहा पाइसके।

अहिले सहकारी ठगी प्रकरणमा प्रहरी प्रतिवेदनका आधारमा लामिछाने पक्राउ गरिएका छन्। उनी जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्।

आइतबार उनको म्याद थपिनेवाला छ। तर रास्वपाको नेताको टोलीसहित कार्यकर्ता र समर्थक भने पोखरामा सभामा व्यस्त छन्। जहाँ मुख्य टार्गेटमा परेका छन्, कांग्रेस महामन्त्री गगन थापा र प्रधानमन्त्री केपी शर्मा ओली।

ओलीभन्दा पनि थापाचाहिँ रास्वपाको तिव्र टार्गेटमा परेका छन्। काठमाडौं–४ मा चुनावका बेला रास्वपासँग साँठगाँठ गरेको आरोप समेत खेपिरहेका थापाका कारण नै रवि लामिछाने पक्राउ परेको भन्ने भ्रान्तीमा छन्, रास्वपाका नेताहरू।

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै थापाले सदनमा कडा भाषण दिएका थिए। कांग्रेसले सदन अवरोध गर्दै संसदीय छानबिन समिति बनाउन दबाब दिएपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा एमाले सांसद सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी छानबिन समिति गठन भएको थियो।

उक्त समितिले प्रतिवेदन तयार पार्दै लामिछानेलाई सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गरेका कारण कारबाही गरिनुपर्ने सिफारिस गरेको थियो। यसपछि रास्वपाका नेताहरू झनै भड्किएका छन्।

आफूहरूका सभापतिले क्लिन चिट पाएको दाबी गरिरहेका रास्वपा नेताहरूलाई चुनौती दिँदै महामन्त्री थापाले रकम ठगीबारेको व्याख्या गर्दै आइरहेका थिए। जसका कारण सभापति शेरबहादुर देउवाले पनि धन्यवाद दिए। सत्ता परिवर्तन हुँदै कांग्रेस र एमालेको समीकरण बनेको यो बेला प्रधानमन्त्री ओली छन्। गृहमन्त्री कांग्रेसको रहेको र उनीहरूको इगोलाई प्रमाणित गर्न राजनीतिक तुस राखिएको भन्ने रास्वपाका नेताहरूको बुझाई छ।

यसैकारण त्यसका केन्द्रीय सदस्य रहेका फरक क्षमताका रमेश प्रसाईँले महामन्त्री थापाप्रति लक्षित गर्दै भने,‘केही गनगनेको राजनीतिक इगो जोगाउनका लागि मेरो सभापतिलाई पक्राउ गरियो।’

खुला सभामा मात्र नभएर सामाजिक सञ्जालदेखि अनेक फोरममा अहिले रास्वपा प्रत्यक्ष र परोक्ष रुपमा कांग्रेस महामन्त्री थापाको बिरोध, आलोचनालगायतका सक्रिय रहेको पाइन्छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x