९ मंसिर २०८३, मंगलवार

रुसमा भएको आक्रमणमा अहिलेसम्म ६० जनाको मृत्यु

एसीपी संवाददाता

१० चैत्र २०८०, शनिबार ११:०६ मा प्रकाशित

रुसको राजधानी मस्कोमा ठूलो हमला भएको छ ।  आक्रमणमा ६० जनाको मृत्यु भएको थियो ।  इस्लामिक स्टेटका आतंककारीहरूले हलमा बसेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका छन् ।  आक्रमणमा एक सयभन्दा बढी घाइते भएका छन् ।  यो दुई दशकयता रुसमाथिको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

शुक्रबार रुसको राजधानी मस्कोमा एउटा ठूलो कार्यक्रम स्थलमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको ज्यान गएको थियो भने सयभन्दा बढी घाइते भएका थिए ।  गोली प्रहारपछि आक्रमणकारीले घटनास्थलमा आगो लगाएका थिए ।  आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट आतंकवादी समूहले लिएको छ ।

केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा भएको चुनाव जितेर सत्तामा आफ्नो पकड थप मजबुत बनाएका थिए ।  इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा सम्बद्ध च्यानलहरूमा साझा गरेको एक बयानमा आक्रमणको जिम्मेवारी लिएको छ।

इस्लामिक स्टेट समूहले आफ्नो अमाक समाचार एजेन्सीले साझा गरेको विज्ञप्तिमा मस्कोको बाहिरी भागमा रहेको क्रास्नोगोर्स्कमा क्रिस्चियनहरूको ठूलो जमघटमा हमला गरेको र सयौंलाई मार्ने र घाइते बनाएको बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x