रेडियो भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्ज सोमवारबाट १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश
नेपालगन्ज । नेपाल प्रेस इन्ष्टिच्यूट, क्षेत्रीय सञ्चार स्रोत केन्द्रद्वारा नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३मा आफ्नै भवनबाट सञ्चालित सामुदायिक रेडियो भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्ज सोमवारबाट १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेकोछ ।
नेपालगञ्जमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र सन् १९९५ मा तत्कालिन भेरी, राप्ती, सेती र महाकाली अञ्चलका तथा सन् २००३ देखि पश्चिमाचाञ्चल विकास क्षेत्रका सञ्चारकर्मीलाई सशक्तिकरण, मिडिया सुविधा र सम्बन्धित सीप विकास गर्ने उद्देश्यले स्थापना भएको थियो ।
केन्द्रले विशेष गरी ग्रामीण क्षेत्रमा आमसञ्चारको तालिम र सहयोग सेवाहरुको विकेन्द्रीकरण गर्न नेपाल प्रेस इन्ष्टिच्यूटको प्रयास थियो । केन्द्रले तत्कालिन मध्यपश्चि र सुदूरपश्चिम विकास क्षेत्रका स्थानीय सञ्चारमाध्यमहरुको क्षमता अभिवृद्धिमा जोड दिंदै स्वतन्त्र र बहुलवादी प्रेसको विकास गर्ने लक्ष्य राखेको थियो ।
प्रविधि हस्तान्तरणको माध्यमबाट दक्ष जनशक्ति उत्पादन र विकास गर्नुका साथै आमसञ्चार क्षेत्रलाई प्राविधिक रुपमा सुसज्जित बनाउने केन्द्रको मुख्य उद्देश्य रहेको छ ।
यसले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । तत्कालिन मध्यपश्चिम तथा सुदूरपश्चिम (हाल लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेश)का सञ्चारकर्मी र स्थानीय सञ्चार माध्यमको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम, फेलोशिप, छात्रवृत्ति सुविधाका साथै बुलेटिनहरु प्रकाशन गर्दै स्वतन्त्र, निष्पक्ष, सु—सूचित, समृद्ध र लोकतान्त्रिक समाजको प्रबद्र्धनका लागि मिडिया स्रोत सामग्री र जनशक्तिको पूर्तिको लागि एक अग्रणी संस्था क्षेत्रीय सञ्चार स्रोत केन्द्र हो ।
आमसञ्चार र प्रविधि ज्ञान र प्रविधि हस्तान्तरणको क्षेत्रलाई अगाडी बढाउन इलेक्ट्रोनिक मिडिया (विद्युतिय सञ्चार)मा अगाडी बढ्दै सामुदायिक अवधारणा बोकेर शिक्षा, सूचना, अभिप्रेरणा, नागरिक सशक्तिकरण, सुशासन प्रबद्र्धन र मनोरञ्जन दिने खालका विभिन्न कार्यक्रम प्रसारण गर्ने उद्देश्यका साथ नेपाल प्रेस इन्ष्टिच्यूटले वि.सं. २०६० साल भाद्र १८ गते (सेप्टेम्बर ४, २००३) सामुदायिक रेडियो भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्ज ‘जन मनको आवाज भेरी एफ.एम.’ कलसाइन लिएर २०६२ साल फागुन १९ गते (मार्च ३, २००६) बाट क्षेत्रीय सञ्चार स्रोत केन्द्रद्वारा नियमित प्रसारण शुरु गरिएको थियो ।
२०औं बसन्तमा पाईला टेकेको भेरी एफ.एम. मोफसलको विश्वास जितेको एक रेडियो बनेको छ ।
सूचना र सञ्चारको अहिले प्रविधि बद्लिएको छ, सूचनामा रेडियोको निर्भरता कम हुँदै गईरहेको छ । सामुदायिक रेडियोहरु अहिले युग सुहाउँदो प्रविधिको पहुँचबाट टाढा देखिएका छन् ।
रेडियो सञ्चालक÷रेडियोकर्मीहरुलाई स्थानीय रेडियोको उपयोगिता र बजारिकरणको कमी देखिएको छ । यद्यपी एक समयमा सामुदायिक रेडियोको जगजगी र जनतामाझ विशेष उपस्थिति रहेको थियो, त्यसमा एक नाम ‘भेरी एफ.एम.’ पनि हो ।
भेरी एफ.एम. १०५ थोप्लो ४ मेगाहर्ज, नेपालगञ्जका स्टेशन प्रमुख मोहम्मद आरिफ अन्सारीले भेरी एफ.एम.लाई यहाँसम्म ल्याई पु¥याउन शुभेच्छुक, पत्रकार, श्रोतागण, कर्मचारी, सम्वातदाता, विज्ञापनदाताहरुको अतुलनीय साथ र सहयोगप्रति आभार व्यक्त गरेका छन् ।



