२ श्रावण २०८३, शनिबार

लकडाउनका बेला विभिन्न खालका हिंसा बढेको-उप प्रमुख थारु

एसीपी संवाददाता

२४ कार्तिक २०७७, सोमबार ०९:३९ मा प्रकाशित

कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जु कुमारी थारुले लकडाउनका समयमा बालबालीकामा हुने बिभिन्न खाले हिंसाका घटना बढेको बताएकी छन् ।
बिहीवार कोहलपुर नगरपालिकाको वाल संरक्षण समितीको बैठकलाई सम्वोधन गर्दै उप-प्रमुख एंव संरक्षण समिती संयोजक थारुले लकडाउन र महामारीका समयमा बाल बिवाह र बाल हिंसाका घटना बढेको बताएकी हुन । उनले बाल हिंसा रोक्न नगर स्तरीय टाक्स फोर्स गठन गर्ने बताएकी छन । उनले सरोकार वालाहरुको सहभागीमा टाक्स फोर्स गठनको प्रस्ताव गरेकी हुन । टाक्स फोर्सले पिडीतलाई न्याय दिलाउन अग्रणी भुमिका खेल्ने उप प्रमुख थारुको भनाई छ ।

उप प्रमुख थारुले कोहलपुर नगर क्षेत्रमा रहेका बाल क्लव सञ्जाल र वडा बाल संरक्षण सञ्जाललाई सक्रिय बनाउने समेत बताएकी छन । उप प्रमुख थारुको अनुसार कोहलपुर नगरपालिका वडा नं ८ बाहेक १४ वडामा वडा वाल स्तरीय वाल संरक्षण समिती गठन भई सकेका छन । हाल वडा अध्यक्षको नेतृत्वमा रहेको समितीलाई छिटै महिला वडा सदस्यको संयोजक रहने गरी पुर्न गठन गर्नु पर्नेमा उप प्रमुख थारुको जोड थियो ।
बैठकमा सहभागी वालवालिकाले वाल हिंसाका घटना बारे सरोकार वाला निकायलाई जानकारी गराउँदा पनि सुनवाईका लागी पहल नभएको गुनासो गरेका थिए ।
उप प्रमुख थारुले महिला तथा बाल बालिका हिंसा रोक्न नगर क्षेत्रमा हिंसा रोक्ने सचेतना मुलक होडिङ बोर्ड लगाउने बताएकी छन ।नयाँकोर्स बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x