३ आश्विन २०८३, शनिबार

लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको मानार्थ सदस्यमा रवीन्द्रनाथ ठाकुर मनोनित, कपिलवस्तु निर्माण ब्यवसायीमा खुसीयाली

एसीपी संवाददाता

३ आश्विन २०८३, शनिबार १४:४९ मा प्रकाशित

दिनेश ठाकुर कपिलवस्तु, असोज ३ — लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको दोस्रो बैठकले कपिलवस्तु निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष एवं वरिष्ठ निर्माण व्यवसायी रवीन्द्रनाथ ठाकुरलाई महासंघको मानार्थ सदस्यमा मनोनित गरेको छ।

निर्माण व्यवसाय क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणमा लामो समयदेखि पुर्‍याउँदै आएको निरन्तर योगदान, अनुभव र सक्रियतालाई उच्च कदर गर्दै महासंघले ठाकुरलाई मानार्थ सदस्यमा मनोनित गरेको जनाएको छ।

लुम्बिनी प्रदेशको निर्माण व्यवसाय क्षेत्रमा स्थापित तथा अनुभवी व्यक्तित्वका रूपमा परिचित ठाकुरले यसअघि कपिलवस्तु निर्माण व्यवसायी संघको अध्यक्षका रूपमा रहेर निर्माण व्यवसायीको हकहित तथा व्यावसायिक क्षेत्रको विकासका लागि नेतृत्व प्रदान गरिसक्नुभएको छ।

महासंघको मानार्थ सदस्यजस्तो गरिमामय जिम्मेवारीमा मनोनित भएपछि कपिलवस्तु निर्माण व्यवसायी संघ परिवारले ठाकुरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

संघले ठाकुरको लामो अनुभव, कार्यकुशलता र नेतृत्व क्षमताले आगामी दिनमा लुम्बिनी प्रदेशको समग्र निर्माण व्यवसाय क्षेत्रको विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

ठाकुरको मनोनयनसँगै कपिलवस्तुका निर्माण व्यवसायी तथा संघसम्बद्ध व्यक्तिहरूमा खुसीयाली छाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x