१ श्रावण २०८३, शुक्रबार

लुम्बिनी प्रदेश सभापति पुनद्वारा संविधानसभा सदस्य कांग्रेस नेता स्वर्गीय भोलाको निवासमा पुगेर समवेदना प्रकट

एसीपी संवाददाता

१६ मंसिर २०८१, आईतवार १६:०६ मा प्रकाशित

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संविधानसभा सदस्य एवम् कांग्रेस नेता स्वर्गीय अब्दुल हमिद सिद्दिकी (भोला) को निवासमा पुगेर समवेदना प्रकट गरेका छन् ।

पुनले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरस्थित निवासमा पुगेर दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् । प्रदेश कार्यसमितिको तर्फबाट पुनले परिवारलाई समवेदनापत्र हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै पुनले सिद्दिकी इमान्दार, जुझारु र कर्तब्यनिष्ठ नेता भएको बताए । २०७० सालको संविधानसभामा सिद्दिकीसंग नजिक रहेर काम गरेको स्मरण गर्दै पुनले सिद्दिकीको निधनले पार्टीलाई ठूलो क्षती पुगेको उल्लेख गरे । नेपाली कांग्रेस वडा नम्बर ४ का कार्यवहाक सभापति ठाकुर प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको शोक सभामा पार्टीका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषाल, हरिश्चन्द्र श्रेष्ठ, बाँके कांग्रेसका कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारी, उपसभापति कृष्ण बहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुर, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

सिद्दिकीको ६० वर्षको उमेरमा मंसिर ३ गते राती हृदयाघातबाट निधन भएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x