३ श्रावण २०८३, आईतवार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको गोलघरमा दिप प्रज्वलन गरि उदघाटन

एसीपी संवाददाता

१० मंसिर २०७७, बुधबार १४:४५ मा प्रकाशित

अजय मिश्र, कृष्णनगर, मंसिर १०
कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र सबैको ऐक्याबद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना तथा आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,सुआहारा दोस्रो , नेपाल प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रशासकीय अधिकृत विजय कुमार कार्की को प्रमुख आतिथ्य तथा दिप प्रज्व्लनको उद्घाटन गरिएको थियो कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख शब्नम खातुन, कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख युम माया,उधोग बाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी ,ट्राफिक प्रहरी र नेपाल प्रहरिको समेत उपस्थिति रहेको थियो । कार्यक्रम इस्वरी पोख्रेलले सन्चालन गर्नु भएको थियो । कार्यक्रममा पि.आर.सि का कपिलवस्तु संयोजक निशा पन्थीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न आपन्त नेपालका जिल्ला संयोजक केसर बिशकर्माले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x