९ माघ २०८२, बिहीबार

विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना,चीनमाकोरोना फैलिनु शंकास्पद -बिजुक्छे

एसीपी संवाददाता

२६ माघ २०७६, आईतवार ११:२५ मा प्रकाशित

माघ २६ गते एजेन्सी । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् । विद्यार्थीलाई काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भन्दै उपत्यका बाहिर राख्‍न सुझाव दिएका हुन् । उनले भने, ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरका दुई ठाउँमा राख्‍ने भनेका छन्, काठमाडौंमा राख्‍नुहुन्‍न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।
नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात हुन सक्‍ने आशंका व्यक्त गरेका हुन् । अमेरिकाले विभिन्‍न देशसँग जित्‍न नसकेपछि विभिन्‍न भाइरस र रोग फैलाउँदै विश्‍व राजनीति गर्दै आएको उनले स्मरण गराए
अध्यक्ष बिजुक्छेले चीनबाट फर्काउने
उनले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको भन्‍दै चीनमा रहेका विद्यार्थीलाई नेपाल फर्काउनु बुद्धिमानी नहुने समेत उल्लेख गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x