१७ जेष्ठ २०८१, बिहीबार

विप्लव कार्यकता भन्दै पोखरामा ३ युवा गिरफ्तार

एसीपी संवाददाता

२५ पुष २०७६, शुक्रबार ०४:१४ मा प्रकाशित

पोखरा, पुस २५

कास्कीमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको अरोपमा तीन जनालाई गिरफ्तार गरेको छ ।
पोखरा-१४ नयाँ वस्तिबाट घरमा बसिरहेका शुक्रबार विहान ४ बजे तिर उनीहरुलाई गिरफ्तार गरिएको पारिवारिक श्रोतले जनाएको छ । पक्राउ पर्नेमा लोकेन्द्र राई, हिट्टान मगर र बिकास सुनार रहेका छन् ।
प्रहरीले प्रकाउ गरेका ३ जना युवा सामान्य मजदुरी गर्दै आएका छन। परिवारले दिएको जानकारी अनुसार बिकाश सुनार नयाँ बस्ती टोलका पुर्व अध्यक्ष हुन भने अहिले उनी पदयात्रामा भरीया काम गर्दै आइरहेका थिए। अर्का युवा चट्टान हितान र लोकेन्द्र राई पनि सामान्य रंगरोगन र मजदुरी गर्दै आएको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x