१६ भाद्र २०८३, मंगलवार

शान्ति र सद्भावको नयाँ मिसाल पेश गर्दै— नेपालगञ्जमा मोहर्रम पर्व सम्पन्न ।

एसीपी संवाददाता

२३ असार २०८२, सोमबार ०९:३२ मा प्रकाशित

असार २३ गते, बाँके, नेपालगञ्ज ।
मुस्लिम समुदायकाे माेहर्रम पर्व हिजाे असार २२ गते नेपालगञ्जमा अत्यन्तै शान्तिपूर्ण मर्यादित र अनुशासित वातावरणमा सम्पन्न भएकाे छ। 

यस वर्षको विशेषता के रह्यो भने — पूर्वका वर्षहरूमा “सद्भावका नाममा फाेटाे सहितकाे टाँगिने ब्यानर संस्कृति” हरायो। तर त्यो ब्यानर बिना नै, मोहर्रम पहिलेभन्दा अझ धेरै शान्त, अझ सभ्य, समुन्नत, सशक्त र भावनात्मक रुपमा सम्पन्न भयो।

यसबाट स्पष्ट हुन्छ — साँचो सद्भाव कागजको टाँगिएको ब्यानरमा होइन, समुदायको आन्तरिक समझदारी र प्रशासनको जिम्मेवार संयोजनमा हुन्छ। यस वर्षको मोहर्रम त्यो उदाहरण बन्यो। 

जिल्ला प्रशासन र प्रहरी प्रशासनले सुरक्षा र सहकार्यको नेतृत्व अत्यन्तै प्रभावकारी ढंगले सम्हाले। जिल्ला प्रशासन र सुरक्षा संयन्त्रको संयमित भूमिका, सक्रिय उपस्थिति र सटीक व्यवस्थापनको उच्च प्रशंसा गर्न चाहन्छौं।

 

नफरतों के शहर में मोहब्बतों की रीत जगी,
बिना बैनर के भी अमन की तस्वीर बनी।”

हामी सबै समुदायको समझदारी, सहिष्णुता र संयमता प्रति आभार प्रकट गर्दछौं। सहिष्णुता, समझदारी र सहअस्तित्वको यो भावनाले नेपालगञ्ज फेरि एकपटक शान्ति र सद्भावको शहर बनेर चिनियो।

नेपाल प्रेस इन्स्टिच्यूट (NPI)–नेपालगञ्ज तथा भेरी एफएम 105.4 मेगाहर्ज को प्रमुख म माेहम्मद आरिफ अन्सारीकाे तर्फबाट शान्तिपूर्ण पर्व सम्पन्न गराउने सम्पूर्ण सुरक्षा निकाय, प्रशासन, समुदाय र स्थानीय तहलाई हार्दिक धन्यवाद।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x