३२ असार २०८३, बिहीबार

शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल

एसीपी संवाददाता

२३ बैशाख २०८२, मंगलवार १७:०४ मा प्रकाशित

मधुवन नगरपालिकाको शैक्षिक योजना २०८२–२०९१ र शिक्षा नीति २०८१ को प्रस्तावित मस्यौदामाथि छलफल कार्यक्रम नगर प्रमुख तथा शिक्षा समिति संयोजक तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उप–प्रमुख अनिता चौधरी, सम्पूर्ण वडा अध्यक्षहरू, शिक्षा विज्ञहरू, प्याब्सन प्रतिनिधि, शिक्षक संघ संगठन, विद्यालयका प्रधानाध्यापकहरू, तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम मधुवन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजना गरिएको थियो, जसमा प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र भेरी इन्भाइरोमेन्टल स्पेसियलिटी ग्रुप (बी-ग्रुप) को सहकार्य रहेको थियो। यो कार्यक्रम मधुवन नगरपालिका मा गठित कार्यदलकाे लामाे छलफलबाट तयार गरिएको प्रस्तावित मस्यौदालाई थप व्यापक बनाउन आवश्यक सुझाव र बहसद्वारा अन्तिम रूप दिन केन्द्रित थियो।

कार्यदल बाट उपलब्ध गराईएकाे प्रस्तावित मस्यौदा उपर कर्णाली प्रदेश शिक्षा समिति सदस्य श्री जित बहादुर शाहद्वारा प्राविधिक सहयाेग गर्दै प्रस्तुतीकरण गरिएको थियो। शिक्षा योजना र नीतिको अन्तिम उद्देश्य भनेको नगरभित्रको शिक्षा स्तर र सिकाइ उपलब्धिमा सुधार ल्याउनु, गरिब तथा सीमान्तकृत समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याई उनीहरूको शिक्षाको आधारभूत अधिकार सुनिश्चित गर्नु, शिक्षक दरबन्दी समायोजन गर्नु र गुणस्तरीय शिक्षाको प्रवाह गर्नु हो।

सहजकर्ता द्वारा प्रस्तुतीकरण मस्यौदालाई समूहगत रुपमा ब्यापक छलफल गर्नका लागि बाँके युनेस्को कलवका उप निर्दशक गाेबन्द प्रसाद लामिछानेले र बि ग्रुपका शिक्षा प्राविधिक संयाेजक लक्ष्मीप्रसाद शर्माले छलफलमा सहजता ल्याउन र सुझाव संकलनका लागि महत्त्वपूर्ण भुमिका रहेकाे नगर प्रवक्ता मेक बहादुर गुरुङले जानकारी गराएका छन् । थप सुझाव संकलन गर्न मस्यौदा नगरपालिकाको वेबसाइटमा अपलोड गरिनेछ। शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालका अनुसार प्राप्त भएका महत्वपूर्ण सुझावहरू समेटेर कार्यपालिका बैठकमा छलफल गरी अन्तिम नीति प्रकाशित गरिनेछ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x