१९ आश्विन २०८३, सोमबार
श्री महेन्द्र माध्यमिक विद्यालय मटेहियामा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला आह्वान
अरबिन्द कुमार यादव / बाँके, असोज १९ — बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय मटेहियामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रयोजनका लागि अभिभावक भेलाको आह्वान गरिएको छ.
विद्यालयका प्रधानाध्यापक शाह तुल्सी टेकबहादुरद्वारा जारी सूचना अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका सम्पूर्ण अभिभावकहरूको अनिवार्य उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको हो. विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी महत्त्वपूर्ण निर्णय लिनका लागि बस्न लागेको उक्त भेला आगामी २०८३ असोज २६ गते, सोमबार का दिन बिहान १०:३० बजे विद्यालयको प्राङ्गणमा हुनेछ.
सम्बन्धित सबै विद्यार्थीका अभिभावकहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सहयोग गरिदिन विद्यालय परिवारले अनुरोध गरेको छ.
Subscribe
Login
0 Comments


