१ श्रावण २०८३, शुक्रबार

संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार ०९:१३ मा प्रकाशित

कैलालीमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । सेती प्रादेशिक अस्पतालमा पहिलो पटक ती महिलाको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या देखिएको थियो ।

उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो। संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो। योसंगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x